वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा « Khabarhub

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ  । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट ब्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो । 

वडा कार्यालयले आइतबार सूचना जारी गर्दै वडावासीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयबाटै पनि यो सेवा निःशुल्क रहेको छ ।

त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट ब्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा थप गर्ने निर्णय गरेको वडाध्यक्ष अनन्तप्रकाश अर्यालले बताए। वडामा नयाँ राहदानी लिने, नवीकरण गर्ने र राष्ट्रिय परिचयपत्रको सिफारिस लिन आउनेको सङ्ख्या बढी रहेकाले हामीले उक्त सेवा प्रदान गरिएको अर्यालले बताए । 

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर प्रशासन कार्यालयबाटै सो सेवा निःशुल्क दिने जानकारी गराएको भए पनि अधिकांश सेवाग्राहीले साइबर तथा फोटो स्टुडियोमा महँगो शुल्क तिरेर सेवा लिइरहेका छन् । 

जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको सहजताका लागि भन्दै दुईजना छुट्टै कर्मचारी खटाएर निःशुल्क फारम भर्ने तथा निवेदन लेख्ने सेवा दिइएको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १२ : ०५ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर