अतिक्रमित सरकारी जग्गा खाली गराउँदै महानगर | Khabarhub Khabarhub

अतिक्रमित सरकारी जग्गा खाली गराउँदै महानगर


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ ।

वडा नंवर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन् । सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाउ बनाएको स्थानमा महानगरले जबरजस्ती हस्तक्षेप गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले सोही स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नम्बर २९ ले भने स्थानीयहरुले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ । सोही अनुरूप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले सार्वजनिक जग्गा केही व्यक्तिहरूले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताए । वडा कार्यालय निर्माण गर्ने विषयमा यसअघि कांग्रेस क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह सहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षविहीन भएको थियो । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १२ : ४७ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।