मुम्बईमा सात नेपाली युवा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड’ बाट सम्मानित « Khabarhub

मुम्बईमा सात नेपाली युवा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड’ बाट सम्मानित


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।

अवार्डको विदेशी विधाअन्तर्गत सम्मानित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’ का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहेका छन् ।

मुम्बईमा आयोजित कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाईनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, ट्विन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड सेरोमनी फिल्मोरा मिडियाले आयोजना गरेको हो ।

आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालका तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो । सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफू विमर्शमा रहेको बताए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ०० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका