पाकिस्तान ए सँग नेपाल पराजित | Khabarhub Khabarhub

पाकिस्तान ए सँग नेपाल पराजित


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङको मङकङमा आज भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो । 

पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो । 

नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । यस्तै, कविता जोशीले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका सईदा शाह र तुवा हसनले समान २–२ तथा अनुशा नासिर र उम्मि हानीले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले २–२ विकेट लिए ।

यो जितसँगै पाकिस्तानसमूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको नेपाल दोस्रो स्थानमा छ । 

नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग र १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ११ : ३९ बजे

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ

स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब

इक्वेडरमा कैदीको झडप : १४ जनाको मृत्यु

क्विटो – इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको