मोदीको अमेरिका भ्रमण वास्तवमै महत्वपूर्ण हुने अमेरिकी कूटनीतिज्ञको भनाइ « Khabarhub

मोदीको अमेरिका भ्रमण वास्तवमै महत्वपूर्ण हुने अमेरिकी कूटनीतिज्ञको भनाइ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणले दुई मुलुकका जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन् ।

अमेरिका–भारत व्यापार परिषद्ले अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी राजकीय भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।

मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।

“हामी एकअर्कामा विश्वास गर्छौँ, हाम्रा साझा मूल्य–मान्यता छन्, यो राजकीय भ्रमणले दुवै देशका साझा मूल्यप्रतिको समान धारणा प्रष्ट हुन्छ, एक अर्ब ८० करोड जनसङ्ख्या भएका लोकतान्त्रिक देश अमेरिका र भारत आपसी सहयोग बढाउँदै विश्वका निम्ति पनि केही गर्न चाहन्छन्,” परिषद्का अध्यक्षसमेत रहेका उनले भने ।

आगामी असार ६ गते हुने भारतका प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा अमेरिका–भारत उद्योग वाणिज्य सङ्घको वार्षिक बैठकको सिलसिलामा परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताए ।

चारदिने अमेरिका भ्रमाणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको त्यस्तो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुन् । उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री पनि हुने भएका छन् । भारतीय अमेरिकीहरू प्रधानमन्त्री मोदीको स्वागत गर्ने तयारीमा छन् भने अमेरिका सरकारले पनि तयारीलाई तीव्र गतिमा अघि बढाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ६ : ५५ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई