भारतीय पत्रकारलाई देश छाड्न चीनको निर्देशन « Khabarhub

भारतीय पत्रकारलाई देश छाड्न चीनको निर्देशन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन् ।

यी पत्रकार भारत फर्केसँगै चीनमा भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ ।

चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएको ब्लुमबर्गले जनाएको छ । चीनको यस कदमबाट भारतसँगको सम्बन्धमा अझ तिक्तता बढाउने बताइएको छ ।

यसबारे चीन र भारतका विदेश मन्त्रालयले तत्काल कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा कार्यरत थिए । हिन्दुस्तान टाइम्स पत्रिकाका रिपोर्टरले गत हप्ता चीन छाडेका थिए भने सरकारी च्यानल प्रसार भारती र द हिन्दू पत्रिकाका पत्रकारलाई गत अप्रिलमा चीनले भिसा नवीकरण गर्न अस्वीकार गरिएको थियो ।

यसअघि भारतले पनि चीनको सिन्ह्वा समाचार एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ३१ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको