राहत वितरणमा समन्वय गर्न आग्रह | Khabarhub Khabarhub

राहत वितरणमा समन्वय गर्न आग्रह


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजकल्याण परिषद्ले हालै आएको अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई राहत वितरण गर्दा सरकारी निकायसँग समन्वय गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै परिषद्ले प्रभावित क्षेत्रमा राहत वितरण गर्दा सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न आग्रह गरेको हो ।

प्रभावित क्षेत्रमा वितरण गरिएको आर्थिक तथा भौतिक सहयोगको जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहबाट प्रमाणित गराई दुई महीनाभित्र प्रगति विवरण पेश गर्नसमेत परिषद्ले निर्देशन दिएको छ ।

परिषदले नेपाल सरकारबाट स्वीकृति लिएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ संस्थालाई तत्काल राहत तथा मानवीय कार्यमा जुट्न आग्रह गरेको छ । गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट ३१ जिल्ला प्रभावित भएका थिए । प्रकोपमा परी ६९ जनाले ज्यान गुमाउनुका साथै १६ हजार ५२० घरपरिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ३५ बजे

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर