भारतमा खाद्य सुरक्षालाई मध्यनजर गर्दै कृषि भण्डारण वृद्धि गर्न नयाँ कार्यक्रम घोषणा « Khabarhub

भारतमा खाद्य सुरक्षालाई मध्यनजर गर्दै कृषि भण्डारण वृद्धि गर्न नयाँ कार्यक्रम घोषणा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले कृषि उत्पादनको भण्डारणलाई वृद्धि गर्नका लागि नयाँ कार्यक्रमको घोषणा गरेको छ । किसानको आय बढाउनका लागि भारत सरकारले नयाँ कार्यक्रम ल्याएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

त्यहाँका केन्द्रीय मन्त्री अनुराग ठाकुरले घोषणा गरेको नयाँ कार्यक्रमलाई सहकारी क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो खाद्यान्न भण्डारण कार्यक्रमको संज्ञा दिइएको छ । यस कार्यक्रमका लागि भारत सरकारले १ लाख करोड भारतीय रुपैयाँ विनियोजन गर्ने एनडीटीभीले जनाएको छ ।

यस कार्यक्रमले सहकारी क्षेत्रलाई थप सुधार गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमबाट भारतको खाद्यान्न भण्डारण क्षमता ७ करोड टनले बढ्ने अपेक्षा गरिएको छ । हाल भारतको खाद्यान्न भण्डारण क्षमता १४ करोड ५० लाख टन हाराहारी रहेको बताइन्छ ।

नयाँ कार्यक्रमबाट आगामी ५ वर्षमा यो क्षमता बढेर २१ करोड ५० लाख टन पुग्ने अपेक्षा गरिएको छ ।

भण्डारण क्षमताको अभावका कारण अन्न खेर गइरहेको र यसबाट किसानहरुको आयमा असर परिरहेको भन्दै मन्त्री ठाकुरले यस कार्यक्रमबाट भारतको खाद्य सुरक्षामा टेवा पुग्ने बताएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ४२ बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा