सुनुवाइ समितिको बैठक : सामूहिक छलफल गर्ने सहमति बन्यो « Khabarhub

सुनुवाइ समितिको बैठक : सामूहिक छलफल गर्ने सहमति बन्यो


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरु सहभागी भएका छन् ।

यसअघि बुधबार नै संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै छलफल बहिस्कार गरेका उजुरीकर्ताहरु समितिको वैधतामाथि सामूहिक छलफल गर्ने सहमतिपछि बैठकमा सहभागी भएका हुन् ।

समिति सचिव पदम पाण्डेलगायत सचिवालयसँग भएको छलफलपछि अधिवक्तासमेत रहेका युवराज कोइरालासहित उजुरीकर्ता छलफलमा सहभागी भएका हुन् ।

बुधबार उजुरीकर्तासँग छलफल गर्न लागेको समितिले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन्।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  २ : ४३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी