गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

ललितपुरको जावलाखेलस्थित आज लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताएका हुन् ।

“मेरो लक्ष्य नेपालमा पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने हो, त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने अर्बौं रकमबाट गर्नुपर्छ भन्ने अभियान निरन्तर जारी रहनेछ, तपाईंहरुले साथ दिनुपर्ने छ, असल कामका लागि धेरै समर्थन प्राप्त हुन्छ, जस्तोसुकै अफ्ठेरो अवस्था आए पनि त्यसलाई छिचोल्दै जानुपर्छ”, मन्त्री बस्नेतले भने ।

संविधानले प्रदत्त गरेको हक र अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, “सबै अस्पतालले गरिब र असहायलाई उपचार गर्नुपर्छ, अस्पतालहरुले स्वीकृति लिने बेलैमा प्रदान गर्ने सम्पूर्ण उपचार सेवाको १० प्रतिशत न्यून आयस्तर भएका, गरिब र बेवारिसे बिरामीलाई उपचार गर्नुपर्छ भनेर सम्झौता गरेको भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन, म आएपछि देशैभर सर्कुलर जारी गरेर यसलाई कार्यान्वयनमा ल्याउन जोड दिएको छु ।”

सोका लागि एउटा मापदण्ड बनाइएको र २२ जिल्लामा गरिबी तथा विपन्नताको कार्ड पाएका नागरिक रहेका तथा त्योभन्दा बाहेक जिल्लामा निर्वाचित वडाका जनप्रतिनिधिको सिफारिसमा गरिब तथा विपन्नता भएका व्यक्तिको उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए । विपन्न जनताको निःशुल्क उपचार गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले महङ्गो उपचारबाट जनता पीडित भएको अवस्थामा उपचार नै गर्नु नपर्ने गरी नागरिकलाई सचेत बनाउन जरुरी भएको औँल्याए । उनले दिनको एक घण्टा शारीरिक व्यायामका लागि छुट्याउन आवश्यक छ भन्ने सचेतना जगाउन र उचित आहारका लागि ध्यान दिन प्रेरित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  २ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै