जवानलाई बूढो बनाउने के हो फेसएप ? « Khabarhub

जवानलाई बूढो बनाउने के हो फेसएप ?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाल सामाजिक सञ्जालमा आफ्नो अनुहारलाई बूढो बनाएर अपलोड गर्ने प्रचलन एक्कासी बढेको छ ।

फेसएप नामक मोबाइल एप्लिकेशनको माध्यमबाट तस्बीर सम्पादन गरी अनुहारलाई बूढो बनाएर मानिसहरुले सामाजिक सञ्जालमा फोटो अपलोड गर्दै आएका छन् । यसमा सामान्य मानिसहरुमात्र नभएर विभिन्न सेलिब्रेटीहरु पनि छन् ।

नयाँ ट्रेण्डको रुपमा आएको यसले सामाजिक सञ्जालमा नयाँ तरंगै ल्याएको छ । फेसएपको माध्यमबाट भर्खरको मानिस समेत बूढो देखिन्छन् ।

आखिर के हो त यो फोसएप नामक मोबाइल एप्लिकेशन ?

फेसएप नामक एप्लिकेशन एप्पलको आइओएस र गुगलको एण्ड्रोइड दुबै भर्सनमा उपलब्ध छ । यसको विकास रुसको वायरलेस ल्याब नामक कम्पनीले गरेको हो । सन् २०१७ मा सार्वजनिक गरिएको यो एप्लिकेशन न्युरल नेटवर्क प्रविधिमा आधारित रहेको निर्माता कम्पनीको दाबी छ ।

यसको माध्यमबाट कुनै पनि मानिसको तस्बीरलाई उमेर र लिङ्गलाई पत्याउने शैलीमै परिवर्तन गर्न सक्छ । उपलब्ध तस्बीरलाई बूढो, जवान विपरीत लिंग तथा कुनै पनि भावमा ढाल्न सक्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : १२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार