बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सक संघको निन्दा « Khabarhub

बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सक संघको निन्दा


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड गरेको, चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।

असार २८ गते ‘ल्याप्रोस्कोपिक कन्भर्टे टु ओपन कोलेसेस्टेक्टोमी’ शल्यक्रिया गरी हुँदै गरेको बिरामीको अकस्मात ‘हाइपोक्सिक इसेमिक इन्सेफेलोपेथी’ भई हाल आई.सी.यू. मा उपचार भइरहेको भन्दै संघले बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज गरी अभद्र व्यवहार गरेको उल्लेख गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै उपचारत बिरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्‍याउँदा तनाव सिर्जना भएको उल्लेख गरेको छ ।

बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मीलगायतलाई मानसिक रुपमा तनाव दिइनु गैर मानवीय कार्य रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचार प्रक्रियामा चित्त नबुझे कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै पनि अस्पताल नै तोडफोड गर्नेजस्तो अपराधिक गतिविधिमा संलग्न हुनु दुःखद रहेको संघले जनाएको छ ।

संघले यस्तो कार्यमा संलग्न दोषीमाथि छानबिन गरी कानूनी कारबाही गर्न पनि सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ४ : ०२ बजे

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी

नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र खारेज

काबुल- अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा