सालीसँगको प्रेमले श्रीमतीको हत्या « Khabarhub

सालीसँगको प्रेमले श्रीमतीको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-लक्ष्मी नेपालीको हत्यामा उनकै श्रीमान रमेश नेपाली संलग्न रहेको पाइएको छ। रमेशले सालीसँगको प्रेमलाई जीवन्त बनाउन श्रीमतीको हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीको हत्यामा संलग्न ४ जनालाई आज (बुधबार) सार्वजनिक गरेको छ । भोजपुर नगरपालिका-५ बैंकरोड घर भई हाल पोखरा-९ महेन्द्रपुल बस्ने ३२ वर्षका सञ्जय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका-३ घर भई हाल पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र रमेशकी साली गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोककी १९ वर्षीया अनु परियारलाई प्रहरीले सार्वजनिक गरेको हो ।

हराएको २५ दिनपछि लक्ष्मीको कंकाल महानगरपालिका-२२ कर्कलेको जंगलमा भेटिएको थियो। १ असारमा लक्ष्मीको हत्या भएपछि रमेशले भोलिपल्टै पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगर- १५, वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए। श्रीमती लक्ष्मीले १ लाख ५० हजार लिएर घरबाट हिँडेको दाबी गर्दै श्रीमती नहुँदा छोराछोरी र परिवार बिचल्लीमा परेको भन्दै उनले उजुरी दिएको प्रहरीले जनाएको छ।

रमेशको कार्यशैली श‌कास्पद देखेको प्रहरीले उनैलाई निगरानी गर्दा सालीको प्रेममा फसेका उनले श्रीमतीको हत्या गरी सालीलाई भित्र्याउने प्रपञ्च रचेको पाएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : १२ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु