सालीसँगको प्रेमले श्रीमतीको हत्या « Khabarhub

सालीसँगको प्रेमले श्रीमतीको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-लक्ष्मी नेपालीको हत्यामा उनकै श्रीमान रमेश नेपाली संलग्न रहेको पाइएको छ। रमेशले सालीसँगको प्रेमलाई जीवन्त बनाउन श्रीमतीको हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीको हत्यामा संलग्न ४ जनालाई आज (बुधबार) सार्वजनिक गरेको छ । भोजपुर नगरपालिका-५ बैंकरोड घर भई हाल पोखरा-९ महेन्द्रपुल बस्ने ३२ वर्षका सञ्जय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका-३ घर भई हाल पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र रमेशकी साली गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोककी १९ वर्षीया अनु परियारलाई प्रहरीले सार्वजनिक गरेको हो ।

हराएको २५ दिनपछि लक्ष्मीको कंकाल महानगरपालिका-२२ कर्कलेको जंगलमा भेटिएको थियो। १ असारमा लक्ष्मीको हत्या भएपछि रमेशले भोलिपल्टै पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगर- १५, वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए। श्रीमती लक्ष्मीले १ लाख ५० हजार लिएर घरबाट हिँडेको दाबी गर्दै श्रीमती नहुँदा छोराछोरी र परिवार बिचल्लीमा परेको भन्दै उनले उजुरी दिएको प्रहरीले जनाएको छ।

रमेशको कार्यशैली श‌कास्पद देखेको प्रहरीले उनैलाई निगरानी गर्दा सालीको प्रेममा फसेका उनले श्रीमतीको हत्या गरी सालीलाई भित्र्याउने प्रपञ्च रचेको पाएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : १२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ।