बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी « Khabarhub

बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने सरकारको तयारी

बैरागीलाई आकर्षक नियुक्ति


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले असार ३ मा अवकाश पाउन लागेका सचिव बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।

 उनी अहिले प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा छन् । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव बनाउन लागेको हो ।

अहिलेका मुख्यसचिव शंकरदाश बैरागीलाई भने संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएर पठाउने तयारी गरिएको छ । बैरागीको ३ वर्षे कार्यकाल २०८० असोज १४ सम्म बाँकी छ । 

 बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएर यस्तो निर्णय गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ  ।

असार २ भित्रै अर्याललाई मुख्यसचिव बनाउन नसके उनी स्वतः अवकाशमा जानेछन् । त्यही भएर उनलाई असार २ अगाडि नै मुख्यसचिव बनाउने गरी सरकारले यस्तो निर्णय लिन लागेको हो ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ८ : ५७ बजे

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने

लुम्बिनीमा मुख्यमन्त्री आलोपालोको विवाद: नेतृत्व नपाए मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय

बुटवल – लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर सत्तारूढ गठबन्धनभित्र