अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन आक्रमण « Khabarhub

अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन आक्रमण


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिड्नी- एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् सुरक्षित स्थान नभएको बताएकी छिन् ।

बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्याङ्मा भाग्नै नसकिने परिस्थिति सृजना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छिन् ।

लिवरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुव्र्यवहार गरेको पीडित थोर्पेको आरोप छ । डेभिडलाई उनको दलले निलम्बन गरेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको समेत उनले उल्लेख गरेका छन् ।

जब आरोपहरू अष्ट्रेलियाको गम्भीर मानहानि कानूनबाट सुरक्षित थिए, थोरपेले भने कि भ्यानले यस मामिलामा वकिलहरूलाई संलग्न गराएको थियो र उनले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहोर्याउनु परेको थियो ।

आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधै सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भर्याङ र वरपर कोही पुरुष नभएको निक्र्योल गरेर मात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गरिन् ।

संसदबाट एक्लै बाहिरिन नसकिने उनको कथन थियो । आफूले भोग्नुपरेको दुव्र्यवहारको शिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्व दिएकाले त्यसलाई गौण राखेका उनले बताइन् ।

सन् २०२१ देखि अष्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ । त्यसबेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अष्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको शिकार भएका पुष्टि गरेको थियो । अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एक जना यौन दुव्र्यवहार झेल्नु परेको थियो जसमा त्रिसट्ठी प्रतिशत महिला सांसद कुनै न कुनै रुपमा यौन हिंसाको शिकार भएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ३८ बजे

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको