‘बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’ | Khabarhub Khabarhub

‘बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सांसद हृदयराम थानीले बजेटमाथिको छलफललाई सार्थक बनाउन सरकार र राजनीतिक दलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन नहुने भएका कारण पनि छलफलमा सांसदको रुचि घटेको हुनसक्ने बताए ।

‘विनियोजन हुन्छ, पैसा छुट्टिन्छ, पैसा पर्ने ठाउँमा परिहाल्छ, हामी छलफल गर्छौँ, हृस्वदीर्घ पनि परिवर्तन हुने होइन, त्यही भएर होला आज धेरै कुर्सी खाली रहेका छन् । यसमा किन रुचि छैन’, उनले भने।

उनले छलफलमा सम्पूर्ण जनप्रतिनिधिको आकर्षण बढाउन सरकार र राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सरकारले छलफललाई आकर्षणको केन्द्र बनाउने हो कि, सबै राजनीतिक दल बसेर यसको निर्क्योल निकाल्ने हो ?’, उनले भने ।

सांसद शेरबहादुर कुँवरले सांसदलाई बजेट पास गराउनेमा मात्र सीमित राखेको आभास भएको बताए । ‘बजेट निर्माण गर्दा सांसदको भूमिका हुनुपर्थ्यो, सांसदले राखेका माग जनताका माग हुन्, बजेट निर्माणमा सरकार चुकेको छ’, उनले भने ।

सांसद मानवीर राईले बजेटमाथिको छलफलमा मन्त्री उपस्थित नभएर सिङ्गो संसद्माथि बेवास्ता गरिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा प्रतिपक्षीमात्र नभई सत्तापक्षका सांसदमाथि पनि विभेद गरिएको पाइएको बताए।

सांसद गङ्गा कार्कीले सङ्घीयताको मर्मअनुसार बजेट विनियोजन हुन नसकेको बताइन् । उनले भनिन्, ‘वनसँग सम्बन्धित धेरै विषय सङ्घीय मन्त्रालयमार्फत गर्ने भनेर ल्याइएको छ, सबै विषय सङ्घमा केन्द्रित गर्दा प्रदेश र स्थानीय तहको भूमिका के भन्ने देखिएको छ ।’

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : ४५ बजे

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा

गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर