बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी « Khabarhub

बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

झापा – उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले आज ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको एक सय २० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गरेका छन् ।

उनले आठ हजार आठ सय ४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गरेका हुन् । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको मौलिक पहिरन लगाएका एक सय ५६ जनाले ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीतमा सामूहिक नृत्य गरेका थिए ।

नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान दिलाउने बुद्ध र सगरमाथालाई उपयोगी कलामार्फत विश्वभर प्रचार गर्न प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका संयोजक एवं कलाकर्मी लामाले बताए ।

उनले शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको विषयमा विश्वमञ्चमा प्रचार अझै आवश्यक रहेको जनाउँदै सगरमाथाको उचाइलाई मदिराको नाममा प्रयोग गरिएकामा आपत्ति प्रकट गरे । मदिराको नाम ८,८४८ राखिएकामा साङ्केतिक विरोध जनाउँदै आठ हजार आठ सय ४८ वर्ग इञ्चको बुद्ध चित्र प्रदर्शन गरिएको उनको भनाइ थियो ।

उपयोगी चित्रकला विधाअन्तर्गत कोरिएको एक सय २० फिट लामो चित्र बोकेर मेचीनगरका सयौँ विद्यार्थी र कलाप्रेमीको र्यालीले स्थानीय बजार परिक्रमा गरेको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीले नेपाललाई विश्वव्यापीरूपमा चिनाउन कलाकार लामाले गरेको प्रयास प्रशंसायोग्य भएको बताए । कलाकर्मी लामाले प्रदर्शनीमा राखिएको बुद्ध चित्र र उपयोगी कलालाई बुद्ध जन्मस्थल लुम्बिनीमा पुर्याएर प्रदर्शनी गर्ने लक्ष्य रहेको बताएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ९ : ५४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द