रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने « Khabarhub

रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ । 

नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो । गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो । 

कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको  तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५-७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो ।

सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ ।

इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने आज जारी सूचनामा उल्लेख छ । 

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ३७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब