भारतीय विदेश राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार « Khabarhub

भारतीय विदेश राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ । आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ । 

यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।

यो घटना बाहिर आएपछि समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विदेश राज्यमन्त्रीले भने, ‘म अहिले आधिकारिक कामका लागि केरलामा छु । धन्यबाद हिजो राती मेरो  घरका कोही पनि घाइते भएनन्। बदमाशले हानेको पेट्रोल बमले मेरो घरको भुइँ तल्ला र पहिलो तल्लामा क्षति पुगेको छ ।’

यसबाहेक, उनले भने कि ‘मेरो गृह राज्यमा के भइरहेको छ देख्दा धेरै दुःख लागेको छ। म अझै पनि शान्तिको लागि अपील गरिरहनेछु। यस्तो हिंसा गर्नेहरू पूर्णतया अमानवीय छन्।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना