योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक  | Khabarhub Khabarhub

योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक 


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

देउखुरी– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक रहेको बताएकी छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङको आयोजनामा गत जेठ २७ देखि आजसम्म घोराहीमा भएको योग जागरण अभियानअन्तर्गत सप्ताहव्यापी निःशुल्क राष्ट्रसेवक विशेष योग विज्ञान शिविर समापन समारोहलाई सम्बोधन गर्दै उनले योग साधना स्वस्थ जीवनको पर्याय भएकाले हरेक व्यक्तिमा योगको महत्व र ज्ञान फैलाउनुपर्नेमा जोड दिइन् ।

‘समाजका हरेक गतिविधिलाई सकारात्मक रुप दिनका लागि साधना अत्यन्तै आवश्यक हुन्छ कतिले यसको मर्मबोध गरेर आफ्नो व्यस्त समयका बाबजुद पनि यसलाई लागू गरेका छौँ’, मन्त्री शर्माले भनिन्, ‘कतिपयले यसका बारेमा जानकारी पाएर वा नपाएर लागू गर्न सकेका छैनौँ तर हामी सबैले योग साधना नियमितरुपमा गर्न सकेमा जीवनलाई सहज र सरल बनाउन सम्भव हुने देख्छु ।’

राजनीतिक क्षेत्र, कर्मचारी क्षेत्र, प्रहरी प्रशासनलगायत क्षेत्रमा कार्यरत व्यक्ति योग साधनामा सहभागी  हुन अझ आवश्यक रहेको उनले जिकिर गरिन् । योगले सकारात्मक ऊर्जा प्रदान गर्ने हुँदा जिम्मेवार निकायमा रहेकाले प्रदान गर्ने सेवाको परिणाम अझ परिस्कृत र प्रभावकारी हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन्। 

‘हाम्रो समाजमा आफूलाई मन पर्ने कुरामा समर्थन गर्ने तर उसले गल्ती गर्‍यो भने खबरदारी गर्नसक्ने हिम्मत राख्दैनौँ । अरुले गरेका राम्रा र असल कामलाई समर्थन वा धन्यवाद दिन पनि हामी हिचकिचाउँछौँ । यसरी दृष्टिकोण बन्नु बिल्कुलै बेठीक हो । समाज र राष्ट्रको हित हुने काम जसले गरेको भए पनि हौसला दिन कञ्जुस्याइँ गर्नुहुँदैन’, मन्त्री शर्माले भनिन्, ‘जिम्मेवार ठाउँमा बसेका वा जिम्मेवारी लिएकाबाट अझ यसखालका प्रवृत्ति देखिनुहुँदैन । सोच सकारात्मक बनाउन र समाजको हितका पक्षमा लाग्न योगको महत्व राजनीति गर्नेले, कर्मचारी, प्रहरी प्रशासनका व्यक्तिले अझ धेरै बुझ्नुपर्छ भन्ने म ठान्दछु ।’

संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, पतञ्जलि योग समिति दाङका जिल्ला प्रभारी उदयबहादुर डाँगी, नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज गोकर्ण वलीलगायतले योगको बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ४७ बजे

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर

काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६

डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख घुससहित पक्राउ

दैलेख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर

हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू)

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध