हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु | Khabarhub Khabarhub

हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रिय एम्बूलेन्स निर्देशिका–२०७८ बमोजिम ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्‍याउन र ल्याउनका लागि नगरपालिकाले निर्देशिकाले तोके बमोजिमको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

संघ र प्रदेश स्वास्थ्य मन्त्रालयले जीपीएस जडान गरेको एम्बुलेन्समा अनिवार्य एकजना इमर्जेन्सी मेडिकल टेक्नेसियन (इएमटी) रहने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

एम्बुलेन्स निर्देशिका बमोजिमको एम्बुलेन्समा आवश्यक उपकरण, अक्सिजन, औषधिसहितको इमर्जेन्सी मेडिकल टेक्निसियनकाे व्यवस्था गरिएको छ ।

इएमटीको निगरानीमा बिरामीलाई अस्पताल लैजाने सुविधा सहितको एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा अधिकांश एम्बुलेन्स निर्देशिका बमोजिमका छैनन् ।

अन्य बिरामीलाई शुल्क लागे पनि नगरभरीका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइएको छ । नगरका ११ वडामा रहेको बर्थिङ सेन्टरमा लगेको अवस्थामा रेफर भएका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क लैजाने व्यवस्था मिलाइएको हो ।

संरक्षक विहीन नगरवासी र अन्यत्रबाट आएर नगरमा अलपत्र परेका व्यक्तिलाई समेत एम्बुलेन्समार्फत निःशुल्क नगर अस्पताल वा जिल्ला अस्पताल लगिने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए । त्रिधार्मिकस्थल हलेसीमा एक्लै आएकोबेला बिरामी परेका व्यक्तिलाई समेत निःशुल्क एम्बुलेन्स सेवा लक्षित गरिएको हो । २७ जेठदेखि सञ्चालनमा ल्याइएको एम्बुलेन्सबाट एक सुत्केरीसहित चारजनाले सेवा लिइसकेका छन् ।

बाढी, पहिरो, दुर्घटना जस्ता विपत्तिको समयमा समेत प्रयोग गर्नेगरी एम्बुलेन्समा मन्त्रालयको जीपीएस ट्रयाकिङ सिस्टम राखिएको हो । जीपीएस ट्रयाकिङबाट एम्बूलेन्स रहेको स्थानबारे थाहा हुने र विपत्तिका बेला नजिक पर्ने स्थानमा पठाएर उपयोग गर्न मिल्नेगरी जीपीएस ट्रयाकिङ सिस्टम राखिएको हो । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : ३७ बजे

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक