बजेटमा सत्तापक्षकै रुवाबासी देखियो : लिङ्देन | Khabarhub Khabarhub

बजेटमा सत्तापक्षकै रुवाबासी देखियो : लिङ्देन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको रुवाबासी देखिएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले बजेटका विषयमा प्रतिपक्षीको भन्दा पनि सत्ता पक्षका केही सांसदको बढी रुवाबासी देखिएको बताए ।
उनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरे । बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे राम्रो परम्पराको सुरुवात हुने र संसदको पनि गरिमा बढ्ने उनको भनाइ थियो ।

उनले बजेट बनाउँदा देखिएको प्रवृत्तिले अहिलेको व्यवस्थालाई नै कमजोर बनाउने धारणा राखे । 

अध्यक्ष लिङ्देनले केन्द्रबाट बाटोका लागि छुट्याइएको रकम एक–दुईलाख भएपनि हुने प्रवृत्ति देखिएको भन्दै कनिका छर्ने बुद्धि र ज्ञान मन्त्रीहरूलाई कसले दियो भन्दै प्रश्न गरे । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ३१ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र