नेपाल र हङकङबीचको खेल रद्द, नेपाल समूह चरणबाट बाहिर « Khabarhub

नेपाल र हङकङबीचको खेल रद्द, नेपाल समूह चरणबाट बाहिर


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । लगातारको वर्षा नरोकिए पछि टस समेत नगरी खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँडेका छन् । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।

खेल रद्द भएसँगै समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँग वर्षाकै कारण अंक बाँड्न बाध्य भएको थियो ।

प्रतियोगिताको सेमिफाइनल १९ जुन र फाइनल २१ जुनमा हुनेछ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ४५ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम