भाषा संरक्षणमा जुटे चितवनका तामाङ समुदाय « Khabarhub

भाषा संरक्षणमा जुटे चितवनका तामाङ समुदाय


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका तामाङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम  गरिएको  छ ।

तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको हो । प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष बबिलाल तामाङले बताए । 

समग्र आदिवासी जनजाति समुदायले आएको मातृभाषा हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा रहेका तामाङ समुदायको सहभागितामा भाषा संरक्षणका लागि कक्षा सञ्चालन गरेको उनको भनाइ छ।

भाषा प्रशिक्षण कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भाषा संरक्षण अबका पुस्तालाई चुनौतीको विषय बन्दै गएको बताए । उनले स्थानीय सरकारले पनि मौलिक भाषा संरक्षणमा सकेको सहयोग गर्दै जाने प्रतिबद्धता जनाए।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराले चितवनमा तामाङ भाषा कक्षा सञ्चालन गरेर अन्य जातिलाई समेत प्रेरणा दिलाउने काम गरेको बताए।

जिल्लामा रहेका १७ आदिवासी जनजातिमध्ये थारू र चेपाङबाहेक अन्य जाति बाहिरी जिल्लाबाट आएर बसेको हुँदा भाषामा समस्या भएको उनले बताए। देशभरका विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने र एक आपसमा आफ्नो भाषा पनि बोल्न नखोज्ने समस्याका कारण भएको भाषा पनि लोप हुने अवस्थामा आइपुगेको उनको भनाइ छ। उनले यस्ता प्रशिक्षण कार्यक्रमले आफ्नो मातृ भाषा बोल्ने बानीको विकास हुनेमा विश्वास व्यक्त गरे।

प्रशिक्षणमा सहभागी तीन जनालाई तामाङ जातिको टोपी लगाएर सम्मान समेत गरिएको थियो। चितवनका पत्रकारद्वय सूर्यप्रकाश कँडेल र प्रेम कँडेल तथा त्रिचोक निवासी हिमाल कँडेलले एक हप्तासम्म नियमित सहभागी भएर तामाङ भाषा सिकेका थिए। 

भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिम अवधिभर अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा ६० जनाको सहभागिता रहेको  थियो।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०२ बजे

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले