रुसले बेलारुसमा राख्यो आणविक हतियार  | Khabarhub Khabarhub

रुसले बेलारुसमा राख्यो आणविक हतियार 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले बेलारुसमा रणनीतिक आणविक हतियार राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार राखेको पुष्टि गरे । उनले रुसको भूभाग वा राज्यलाई धम्की दिएमा सो आणविक हतियार प्रयोग गरिने चेतावनी दिए ।

उनले एक सार्वजनिक मञ्चमार्फत आणविक हतियार बेलारुसमा पुर्‍याइएको जानकारी दिएका हुन् । राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।

सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन् भनेर देखाइएको हो ।’

फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावना कतिको छ भनेर पुटिनलाई सोधेका थिए । जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन । हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहन्छौँ, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो ।’ 

बेलारुस एक प्रमुख रुसी सहयोगी हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : १५ बजे

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज

सुरु भयो दशैँ : आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको