अफगानिस्तानमा आगलागी हुँदा कम्तीमा २०० पसलमा क्षति « Khabarhub

अफगानिस्तानमा आगलागी हुँदा कम्तीमा २०० पसलमा क्षति


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको एक ठूलो बजारमा आगलागी हुँदा करिब २०० पसलमा क्षति पुगेको प्रान्तीय शिल्पकार युनियनका प्रान्तीय प्रमुख अब्दुल वादूद फैजादाले शनिबार बताएका छन् ।

हेरात शहरको कास्र–ए–हेरात बजारमा स्थानीय समयानुसार शनिबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परी साना ठूला गरी करिब २०० पसल र त्यहाँ रहेका सामानहरू जलेर नष्ट भएका छन् ।

“मुख्यतया लुगाफाटा र कस्मेटिक्स पसलहरू रहेको उक्त स्थानमा आगलागीका कारण करिब ११ करोड ६३ लाख अमेरिकी डलर बराबरको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ,” फैजादाले सिन्ह्वालाई भने।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल लतिफ इन्साफका अनुसार शुक्रबार मध्यरातमा विद्युत चुहावटका कारण लागेको आगो केही घण्टाभित्रै दमकलका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

“आगलागीबाट कुनै मानवीय हताहती वा क्षति नभएको तर स्थानीय व्यवसायीलाई ठूलो धनजनको क्षति भएको छ,” प्रवक्ता इन्साफकाले बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ४६ बजे

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज