जनताले चाहेको परिवर्तन सुरु हुँदैछ : रवि लामिछाने « Khabarhub

जनताले चाहेको परिवर्तन सुरु हुँदैछ : रवि लामिछाने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न चुनौति दिएका छन् ।

रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नंवर ७ को प्रथम क्षेत्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुनेबितिकै साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न सम्बन्धीत दललाई चुनौति दिएका हुन् ।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पुर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुन निर्वाचन हुने गरि निष्काशन गरे आफुहरु प्रतिष्पर्धामा उत्रने उनले बताए । उनले रास्वपाभित्र भ्रष्टाचार लगाएतका क्रियाकलाप मात्रै नभई सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको उल्लेख गरे । लामिछानेले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको भन्दै जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ४१ बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन