चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका | Khabarhub Khabarhub

चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका



काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका चियामा आत्मनिर्भर बन्दैछ । नगरपालिकाले स्याउलेमा चिया खेती विस्तारको काम गरिरहेको छ ।

नगरपालिकाले १ नम्बर वडाको स्याउलेस्थित ओख्रेनीमा चिया खेती गरिरहेको छ । पर्यटकीयस्थल समेत रहेको ओख्रेनीको हावापानी पनि उपयुक्त भएकाले चियाखेती गरेको मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बताए । ‘हाम्रो नगर सदरमुकाममा पनि छ । यहाँ सबै क्षेत्रका मानिसहरू ओहोरदोहोर गर्छन्’ मेयर सापकोटाले भने ‘चियामा आत्मनिर्भर हुन सक्छौँ भनेर प्रयास गरिरहेका छौँ ।’

२०७५ सालदेखि चियाखेती सुरु गरेको नगरपालिकाका सहायक प्राविधिक रामहरी दाहालले बताए । ‘चियाखेतीका लागि उपयुक्त छ कि छैन भनेर सुरुमा अध्ययन गर्‍यौँ’ दाहालले भने ‘चिया तथा कफि विकास बोर्डबाट एक जना प्रशिक्षक ल्याएर सुरुमा प्रशिक्षण दिएका थियौँ ।’ उनका अनुसार  सुरुको वर्षमा चिया तथा कफि विकास बोर्डका प्रशिक्षक राखेर रोपका थियौँ ।

नगरपालिकाले २०७५ सालदेखि चियाखेती सुरु गरेको हो । करिब १५ लाख रुपैयाँ लागतमा करिब ६५ रोपनीमा सुरु गरेको चियाखेतीले दुई वर्षअघिदेखि उत्पादन दिन सुरु गरेको दाहालले जानकारी दिए । 

‘२०७५ सालमै रोपेका विरुवाले २०७९ सालदेखि उत्पादन दिन थालेको छ । अघिल्लो वर्ष १०/१२ किलो बेच्यौँ । चिया टिपेर राम्रोसँग बनाएर बेच्न थालेको छ’ दाहालले भने ‘करिब ६५ रोपनीमा चिया रोपिएको छ । चिया दिन करिब साढे २ वर्षदेखि तीन वर्ष लाग्ने रहेछ ।’ उनकाअनुसार नगरपालिकाकै सार्वजनिक जग्गामा सुरु गरिएको चिया खेतीका वर्षैसाल वडाले बजेट छुट्याउने गरेको छ ।

‘नगरपालिकाको सार्वजनिक जग्गा प्रयोग गरिएको हो । वडाबाट पनि वर्षौ साल बजेट हालिएको छ’ उनले भने । सुरु गरेको दोस्रो वर्षदेखि नगरपालिकाले स्याउले ओख्रेनी चिया सहकारी दर्ता गराएर उक्त खेती त्यसलाई हस्तान्तरण गरेको दाहालले बताए । उक्त सहकारी नगरपालिका मातहत रहेको उनको भनाइ छ । सहकारीले उत्पादनलाई व्यवस्थापन गर्ने र आम्दानीको बाटो बनाउने उनले बताए । त्यस्तै बिरुवाको गोडमेल गर्ने र थप बिरुवा रोप्नेलगायत सबै काम सहकारीले गर्नेछ ।

हालसम्म रोपिएका सबै चियाको बोटले अबको दुई वर्षभित्र उत्पादन दिन थाल्ने उनले बताए । ‘हामीले वर्षौ साल बिरुवा रोपेका हौँ । एकै वर्षमा रोपेका होइनौँ । कोही बिरुवा हुर्किँदै छ । कोही टिप्ने बेला भएको छ । अबको करिब २ देखि ३ वर्षपछि सबै चियाले एकै पटक उत्पादन दिन्छ । इलामको जसरी उत्पादन त दिँदैन हाम्रो भौगोलिक हिसाबले पनि । अलि फरक पर्छ नै’ दाहालले भने ‘करिब १४ हजार बिरुवा रोपिएको छ । उत्पादन दिन थालेपछि नगरपालिका चियामा आत्मनिर्भर हुन्छ । किनकी हामीले हरेक वर्ष चिया खेतीमा बिरुवा रोप्दै पनि जानेछौँ ।’

उनले यो वर्ष पनि ५ हजार चियाको बोट रोप्‍ने बताए । चियाको बिरुवा रोप्नका लागि ४ लाख रुपैयाँ बजेट बाँकी नै रहेको जानकारी दिए । यो वर्ष करिब ५०/६० किलो चिया बेच्‍ने उनले बताए । ‘उत्पादन बोट अनुसार हुने रहेछ । ठूलो सप्रेको बोट भएमा एउटा बोटबाट आधा किलोसम्म चिया टिप्न सकिने  । सानो बोट भएमा एक पाउ जति हुने’ उनले भने । 

‘चिया बनाउने प्रोसेसिङको पाटोहरू छन् । उहाँहरूले राम्रोसँग गरिदिनु भएन भने खेर जाने सम्भावना पनि हुन्छ । त्यो समस्या पनि हामी माझ छ’ दाहालले भने ‘वार्षिक सुधार गर्दै लैजान्छौँ । उहाँहरूले पनि त्यही अनुसार काम गर्दैछन् ।’

वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहार पाएको र उक्त चियाको बीउ इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई दिएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको इतिहास पाइन्छ ।

नेपालका पूर्वी जिल्लाहरू इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम आदि स्थानमा चियाखेतीका लागि अति उपयुक्त मानिन्छ । धेरै पानी पर्ने (वार्षिक २०० से.मीसम्म)तर पानी नजम्‍ने ठाउँमा चियाखेती गर्न सकिने बताइन्छ । 

नेपालमा गुम्टी, तग्दा ७८, चिनियाँ, आसामिज आदि जातका चिया खेती गर्ने गरिन्छ । नेपालको अर्थोडक्स चिया युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा लोकप्रिय रहेको छ । 

त्यस्तै नगरपालिकाभित्र रहेका वन पैदावारहरूलाई सिजिनिङ र ट्रिटमेन्टका लागि सम्भाव्यता अध्ययन कार्य भई रहेको नगरपालिकाले जनाएको छ । नगरले जमिन सिञ्चीत (ग्राउण्ड रिचार्ज) पोखरी ८ वटा निर्माण कार्य गरेको छ । 

त्यस्तै ६२ जनालाई विपद् जोखिम न्यूनिकरणसम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको जनाएको छ ।  चौतारा बजारमा आगलागीको जोखिमलाई मध्येनजर गर्दै १० स्थानमा फायर अग्नि नियन्त्रण (एक्टिङ्गग्युसर ) राखिएको बताएको छ । साथै अग्नि नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र (दमकल) ७० स्थानमा प्रयोग भएको छ । साझेदारीमा क्लस्टर वन व्यवस्थापन अनुदान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कार्यालय वरपर र सडकको दायाँ बायाँ वृक्षारोपण गरी हरियाली बनाउने कार्य सञ्चालनको क्रममा रहेको जनाएको छ । पहिरोबाट प्रभावित ६ सय घरधुरीलाई त्रिपाल वितरण गरेको छ ।

पहिरोले घर भत्किएका २० परिवारलाई विपद् प्रभावित निजी आवास पुननिर्माणका लागि पहिलो र दोस्रो किस्ता वापतको रकम प्रदान गरेको बताएको छ । विपद् पूर्वतयारीका लागि आवश्यक विपद् सामाग्रीहरू खरिद गरी व्यवस्थापन गरेको जनाएको छ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : १५ बजे

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार)

गाउँपालिकाको लगानीले एसईई नतिजामा सुधार

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ

असार तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

पर्सा– पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–०८२ मा