सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन « Khabarhub

सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

एक हप्ताअघि आएको अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको बेतिनीस्थित ठाँटीमा पहिरोले सडक पुरिएपछि अहिले अर्को नयाँ ट्र्याक खोल्न निकै जटिल बनेका कारण समयमा सो मार्ग खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

पुरानो सडक सबै भत्किएर झरेको र केही भाग पहिरोले पुरिएपछि अहिले सडक डिभिजन कार्यालय सिरहा लाहानको दुई डोजरले सडकको नयाँ ट्र्याक खोल्न शुरु गरेका कारण सो क्षेत्रमा समयमा सडक खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।

एक हप्ताभन्दा लामो समयदेखि यस क्षेत्रमा सडक अवरुद्ध भएपछि अहिले कटारीदेखि बेतिनी घुर्मीसम्म यातायातका साधन आवतजावत गर्न कठिनाइ हुनपुगेको छ भने ओखलढुङ्गा तथा खोटाङ क्षेत्रसँग समेत यातायातको सम्पर्क टुट्न पुगेको कटारीका यातायात व्यवसायी जीवन मगरले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ४३ बजे

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको