नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय « Khabarhub

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रूपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । यो निर्णयसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।

काठमाडौँ महानगरपालिकाले आफ्नो नगरभित्र आजबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो ।

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौँ महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीन दिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले आजबाट प्रदर्शनमा रोक लगाएको थियो ।

रोक लगाइएको आधिकारिक पत्र आउनुअघि नै हल व्यवसायीले फिल्म प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै वितरक कम्पनी ब्यांकटेसले नेपालभरबाट फिल्म उतार्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ०० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड