योगलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ : गृहमन्त्री | Khabarhub Khabarhub

योगलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ : गृहमन्त्री


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अंग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काठमाडौँमा आयोजित एक समारोहमा गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अङ्गको रूपमा लिँदै आएको चर्चा गरेका थिए । 

योग भनेको योग अभ्यास मात्र नभइ यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भने, ‘योग अभ्यास एवम् ध्यानले शारीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरुक, सन्तुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रक्रियामा योगदान पुर्‍याउँछ ।’ 

सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको उनले बताए । गृहमन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागारसमेतमा योग शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्मचारीले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

एकै दिनमा योगसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उनले योगको सही अभ्यास र निरन्तरता एवम्  यसबाट लाभग्राही हुने अवसरका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे । 

प्रहरी प्रधान कार्यालयमा उक्त कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ०५ बजे

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी