विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित  पाँचजना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशील आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बू रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को.२६ प ८१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका-५ गलौदीबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रूपन्देही तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय दिलिप केवटलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।     

कैलालीको जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने १९ वर्षीय नवीन कठरियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने २६ वर्षीय बीरेन्द्र बडायकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।     

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ४८ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको