स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए। 

उनले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिए। ‘राजदूत छिट्टै बेलायत फर्किंदै छन् । यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल गर्‍यौँ’, मन्त्री बस्नेतले भने, ‘बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा बिर्टिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : २७ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५