‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु | Khabarhub Khabarhub

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको हो ।

‘अन्तरसम्बन्ध–२०८०’ नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म चल्नेछ ।

प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कलाको एउटा खानीजस्तो रहेको र त्यसमा पनि ललितकलाका असङ्ख्य विधाहरू रहेको बताए ।   उनले केही समय अघि राष्ट्रिय ललितकला प्रदर्शनी आफूले अवलोकन गर्दा नेपाली कलाको सृजनशीलता निकै माथि पुगेको पाएको स्मरण गरे ।

अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरूले बम्बईबाट अध्ययन गरेर फर्किएपश्चात् समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गरे । उनले भने, ‘त्यस समय राम्रो आर्ट ग्यालरी थिएन । शशिविक्रम क्याम्पस प्रमुख हुनुहुन्थ्यो र उहाँले दिएको योगदान भुल्नु हुँदैन ।

कलाकार शशि शाहले सङ्गठनबाटै कलाको इतिहास बनाउनुपर्छ भनेर वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान र आफू एक ढिक्का भएर आएको बताए । नेपालको कलाक्षेत्र स्किव–७१ बाटै सङ्गठनात्मकरूपमा जानुपर्छ भन्दै उनले नयाँ पुस्तालाई सचेतसमेत गराए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले अग्रज कलाकारको सिर्जना प्रदर्शनीलाई निरन्तरता दिने बताए । उनले भने, ‘हामीले अग्रज र दिवङ्गत कलाकारको प्रदर्शनीको  सुरुआत गरेका छौँ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौँ ।’

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको बताउँदै आफूहरूले अग्रजले देखाएको बाटो पहिल्याएको धारणा राखे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला पढ्दाका गुरुहरूले दिएको मार्गदर्शनकै शिक्षाले आफूले प्रतिष्ठानजस्तो संस्थाको जिम्मेवारी पाएको र विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको धारणा राखे ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : २७ बजे

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : कोइराला सशांक

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते 

चितवन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको