आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी र पहिरोको जोखिम « Khabarhub

आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी र पहिरोको जोखिम


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार राति कोशी , मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले बाढी, पहिरो भू–क्षयको जोखिम रहेको छ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ०७ बजे

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड