नारायणगढ–मुग्लिन सडकमा पर्ने सेती दोभान पुल सञ्चालनमा « Khabarhub

नारायणगढ–मुग्लिन सडकमा पर्ने सेती दोभान पुल सञ्चालनमा


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो ।

६५ मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ । निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिए ।

पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो बाटोका कारण सवारीसाधन विस्तारै चलाउनुपर्ने बाध्यता हटेको छ । यो महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने कार्कीले जानकारी दिए । उनका अनुसार पुलको फिनिसिङको काममात्र बाँकी रहेको छ ।

एक अर्ब २७ करोडमा तीन वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएको थियो ।

कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो ।

निर्माणाधीन अन्य आठ पुल दसैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ । ती सबै पुलको ढलान भइसकेको कार्कीले जानकारी दिए ।

मुग्लिन नजिकैको खहरे खोला पुल र तुइन खोला पुलको भने धेरै काम बाँकी छ । तुइन खोलामा पहाड फोर्न विस्फोट नै गराउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ ।

विस्फोटक पदार्थ खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । यसअघि चारवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । नारायणगढ–मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : ०८ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल