अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टि « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टि


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

राष्ट्रपति बाइडेनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरेपछि यो खुलासा भएको हो ।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि  उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् ।

आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपतिका छोरा हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्वीकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन् ।

उनको निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यदी, त्यो अनुमोदन नभएमा हन्टरमाथी कानुनी कारबाही हुनेछ ।

यता, अमेरिकी राष्ट्रपति बाइडेनले छोरा हन्टरलाई उनी माथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाइट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ । 

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : ५८ बजे

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी