योगाभ्यासमा आकर्षण बढ्दै « Khabarhub

योगाभ्यासमा आकर्षण बढ्दै


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

रामपुर– दैनिक योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र फुर्तिलो हुँदै गएको रामपुरकी विन्दु श्रेष्ठले बताइन्। उनी नियमित बिहान दुई घण्टा योग कक्षमा बसेर योगाभ्यास गर्छिन्। यहाँस्थित पतञ्जलि योग समितिले दैनिक योगाभ्यास गराउन थालेपछि हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सहभागी भएर योग गरिरहेको श्रेष्ठले बताइन् ।

‘योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र तन्दुरुस्त बनेको छ, फुर्तिलो भइँदोरहेछ, मानव शरीरलाई योगाभ्यास अति आवश्यक रहेछ’ उन भनिन्। टाउको दुख्ने, र शरीरका भाग दुख्नेजस्ता विभिन्न समस्या योगाभ्यास गर्न थालेपछि हट्दै गएको श्रेष्ठको अनुभव छ । खाना रुच्ने, शरीर फुर्तिलो हुने र निरोगी बनाउने हुँदा अरुलाई पनि योग गर्न उनी सुझाव दिन्छिन्।

फुर्सदको समयमा हरेक दिन योग कक्षमा बसेर  योगाभ्यास गर्दै आइरहेको आउँछिन्, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ  पनि । दैनिक योग गर्न थालेपछि दिनभरको काम र हिँडाइको थकान नहुने उनको भनाइ छ  । ‘घरमै बसेर पनि योगाभ्यास गर्न सकिन्छ, स्वास्थ्यलाई निरोगी बनाउन योग दैनिक जीवनमा अति महत्व रहेको बताउँदा  पनि यसलाई कतिपयले महत्व दिँदैनन्’सदस्य श्रेष्ठले भनिन्, ‘हरेक बिहान दुई घण्टा योग गर्‍यौँ भने, दिनभरको थकान र कामको बोझ हटेर जानेछ ।’

पतञ्जली योग समितिले हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म योगाभ्यास कक्षा सञ्चालन गर्दै आइरहेको छ । रामपुर आयुर्वेद अस्पताल, किसानवारी योगकक्ष र रेशम सभाकक्षमा पनि सामूहिकरूपमा योग सिकाइन्छ । योगकक्षमा पुगेर योगाभ्यास गर्ने दैनिक करिब एकसय रहेका छन् । योगको सबैजसो विधि सिकाइने भएकाले नियमित कक्षा अगाडि बढिरहेको छ ।

रामपुरमा विसं २०७० देखि नियमित योग कक्षा चलिरहेको छ । पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष सुदीप गैरे तथा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ र राजेन्द्र ढकालले योगभ्यासका विधि सिकाउँदै आउनुभएको छ । पछिल्लो समय योगाभ्यासमा स्थानीयवासीको आकर्षण बढ्दै गएको रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेल बताउँछन् ।

उन भने, ‘सुरुमा कक्षा चलाउँदा योग सिक्ने अति कम थिए, हिजोआज त योग सिक्न आउने बढ्दै गएका छन्, सिक्दै जाँदा शरीर फुर्तिलो र निरोगी हुन थालेपछि नियमित अभ्यास गर्ने बढ्दै गएको पाइएको छ’ । नियमित अभ्यास गर्दै जाँदा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्टिकजस्ता रोग निको हुँदै गएको सहभागीहरू बताउँछन् । नियमित अभ्यासले रोग कम हुँदै गएपछि भगवती गौतमले अस्पतालका औषधि प्रयोग गर्न छाडेकी छन् । योगाभ्यास गर्नुअघि उहाँले औषधोपचारमा धेरै धनराशि खर्च गर्दै आएकी थिइन् ।

उपचारका लागि भरतपुर, बुटवल, काठमाडौँलगायतको धेरै अस्पतालमा धाउँदा पनि व्यथा भने ज्यूँका त्यूँनै रहेकामा अहिले योग गरेपछि रोग निको भएको भगवती बताउँछिन् । अभ्यास गर्ने स्थानको अभावमा वडा र टोल–टोलमा योग विस्तार गर्न कठिन भएको छ । योगाभ्यासमा नियमित आउने व्यक्तिमा मोटोपन, ढाड तथा कम्मर दुख्ने, पिनास, अत्यधिक टाउको दुख्ने र  माइग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ ।

योगाभ्यासले शरीरलाई स्वस्थ र फुर्तिलो मात्र नभइ प्यारालाइसिसजस्ता रोग पनि  निको बनाउँछ भन्ने कुरामा पहिले विश्वास नगर्ने व्यक्ति पनि अहिले सत्य सावित हुँदै गएपछि सहभागी हुन थालेका छन् । व्यवस्थित योगाभ्यास गर्ने ठाउँ भएमा योग गर्नेको जमात बढ्नेछ । 

रामपुर नगरपालिकाका दशवटै वडाका टोल र बस्तीमा योग कक्षा चलाउने योजना समितिले बनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : १२ बजे

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर