ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो « Khabarhub

ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोदावरी– ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो । 

संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि योग’ मूल नाराका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको छ । 

जिल्ला प्रशासन ललितपुरका प्रमुख रुद्र पण्डितले व्यक्तिका लागि सबैभन्दा ठूलो सम्पत्ति स्वस्थ शरीर भएको भन्दै हरेक दिन कम्तीमा एक घण्टा योगा गर्न आग्रह गरे। ‘योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि योगलाई नियमित अभ्यासमा लग्नु जरुरी छ । हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमि रहेकाले नेपाललाई योगको उद्यगमस्थल बताउनुभयो’, उनले भने।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक ईश्वरी ढकालले जावलाखेलको खेल मैदानमा योग तथा योगासम्बन्धी अभ्यास र छलफल गरी दिवस मनाइएको जानकारी दिइन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ५० बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई