प्रतिनिधिसभा बैठक : मौलिक हकसम्बन्धी कानुन बनाउन माग « Khabarhub

प्रतिनिधिसभा बैठक : मौलिक हकसम्बन्धी कानुन बनाउन माग


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनका लागि  कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदहरुले माग गरेका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटको छलफलमा भाग लिँदै सांसदहरुले संविधानमा मौलिक हकमै राखिएका विषयका कानुन संविधान जारी भएको आठ वर्षसम्म बन्न नसक्नु दुःखद भएको बताए।

सांसद अर्जुननरसिंह केसीले २०२८ सालको शिक्षा ऐन अझै संशोधन नहुनुले दुई थरीको जनशक्ति निर्माण भइरहेकोतर्फ सरकारको ध्यान जानुपर्ने बताए । बुढानीलकण्ठ स्कुल भ्रष्टाचारको अखडा भएको भनी अभिभावकले गुनासो गरेको उल्लेख गर्दै उनले शिक्षामन्त्रीको ध्यानाकर्षण गराए । 

बैठकमा सांसदहरू ध्रुवबहादुर प्रधान, प्रकाश अधिकारी, शेरबहादुर कुँवर, अब्दुल खान, अरुणकुमार चौधरी, योगेन्द्र मण्डललगायतले युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकासका विषयमा विचार राखेका थिए ।

विसं २०७७ सालमा जारी भएको खेलकुद ऐन, वृहत् रुपमा आउन नसकेको भन्दै उनीहरूले खेलकुद परिषद्लाई राजनीतिक अखडाका रुपमा राख्न नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ५८ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन