एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्चश्व र बिग्रँदो क्यानाडा-चीन सम्बन्ध | Khabarhub Khabarhub

एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्चश्व र बिग्रँदो क्यानाडा-चीन सम्बन्ध


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चीन र क्यानाडाबीचको सम्बन्ध चिसिँदै गएको छ । एसियाली पूर्वाधार लगानी बैंकको विषयलाई लिएर क्यानाडा र चीनबीचको सम्बन्धमा खटपट उत्पन्न भएको हो । चीनको नेतृत्वमा स्थापित यस बैंकमा सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यको वर्चश्व रहेको बताइन्छ ।

केही समयअघि चीन र क्यानाडा एक मुलुकले अर्को मुलुकमा रहेका कूटनीतिज्ञलाई देश निकाला गरिदिएका थिए । क्यानाडाले चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरिदिएको थियो भने चीनले पनि क्यानाडाकी कूटनीतिज्ञ जेनिफर लिन लालोन्डलाई देश निकाला गरिदिएको थियो ।

हालै क्यानाडाले आफ्ना सरकारी निकायहरुलाई एसियाली पूर्वाधार लगानी बैंकसँग कारोबार नगर्न निर्देशन दिएको छ । त्यसअघि उक्त बैंकमा विश्वव्यापी सञ्चार निर्देशकको रुपमा कार्यरत क्यानाडाका नागरिक बब पिकर्डले राजीनामा दिएका थिए । बैंकमा कम्युनिष्ट पार्टीका सदस्यहरुको वर्चश्व रहेको भन्दै उनले राजीनामा दिएपछि दुई मुलुकबीच पुनः कूटनीतिक तनाव उत्पन्न हुने अपेक्षा गरिएको थियो ।

त्यससँगै क्यानाडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले जुन १४ मा मुलुकका सरकारी निकाय एवम् विभागहरुलाई बैंकसँग कारोबार नगर्न निर्देशन दिएकी थिइन् ।

यता बैंकले भने आफ्नो संगठनमा कम्युनिष्ट पार्टीका सदस्यहरुको वर्चश्व रहेको भन्ने आरोपलाई निराशाजनक र आधारहीनको संज्ञा दिएको छ । बैंकले आफूहरु बहुपक्षीय संस्था रहेको र संस्थामा विविधतापूर्ण अन्तर्राष्ट्रिय टिम रहेको जनाएको छ ।

द गार्जियन अखबारका अनुसार क्यानाडाको विपक्षी कन्जरभेटिभ पार्टीले लामो समयदेखि यस बैंकबाट क्यानाडा बाहिरिनुपर्ने माग राख्दै आएको छ ।

यसअघि डिसेम्बर २०१८ मा क्यानाडाले चिनियाँ प्रविधि कम्पनीकी प्रमुख वित्तीय अधिकारी मेङ वानझोउलाई गिरफ्तार गरेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो ।

यसको बदलामा चीनले पनि आफ्नो मुलुकमा रहेका क्यानाडाका दुई जना नागरिकलाई पक्राउ गरेको थियो । पछि सन् २०२१ मा मेङ वानझोउलाई क्यानाडाले रिहा गरेपछि चीनले पनि क्यानाडाका नागरिकलाई रिहा गरेको थियो ।

गत मार्च महिनामा चीनमाथि क्यानाडाको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लागेको थियो । विपक्षी कन्जरभेटिभ पार्टीले विरोध जनाएपछि सरकारले यसबारे छानबिन गर्न निर्देशन दिएको थियो ।

क्यानाडामा चीनले अवैध प्रहरी चौकी स्थापना गरेको खबर आएपछि दुई मुलुकबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । क्यानाडामा करिब १८ लाख चिनियाँ मूलका मानिसहरुको बसोबास रहेको बताइन्छ ।

गत मे १४ मा क्यानाडाका जनसुरक्षामन्त्री मार्को मेन्डिचिनोले एक टेलिभिजन अन्तरवार्ताका क्रममा मुलुकमा अपेक्षा गरेभन्दा धेरै अवैध चिनियाँ प्रहरी चौकी रहेको हुनसक्ने बताएका थिए । लस एन्जल्स टाइम्सका अनुसार यी संदिग्ध प्रहरी चौकीहरु क्यानाडाको कबेक क्षेत्रस्थित मोन्ट्रियाल र ब्रोस्सार्डमा अवस्थित छन् ।

चिनियाँ विदेश मन्त्रालयले यस्ता प्रहरी चौकी सञ्चालनमा रहेको आरोपबारे एकै नासको जवाफ दिने गरेको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार यस्ता ‘सेवा केन्द्र’ हरु विदेशमा रहेका चिनियाँ नागरिकलाई प्रशासनिक सेवा दिन स्थापना गरेका हुन् । यद्यपि चीनमाथि बारम्बार यथार्थलाई लुकाउने गरेको आरोप लाग्ने गरेको छ ।

एसियाली पूर्वाधार लगानी बैंकमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको बर्चश्व रहेको भन्ने आरोप गलत नहुन सक्छ । तर जे भएपनि पछिल्लो विकसित घटनाक्रमले चीन र क्यानाडाबीचको सम्बन्ध अझ बिग्रिँदै गएको देखिन्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ४७ बजे

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग