अर्घाखाँचीको नरपानी र सुपा देउरालीमा पर्यटकको वृद्धि | Khabarhub Khabarhub

अर्घाखाँचीको नरपानी र सुपा देउरालीमा पर्यटकको वृद्धि


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन् ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोजस्थलको रुपमा विकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । 

सन्धिखर्क–६ नरपानीका पूर्ववडाध्यक्ष कृष्णबहादुर आचार्य कोरोना महामारीका कारण केही समय आवत जावत बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बताउँछन् ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा पुग्न सकिन्छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् ।

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज खाने गर्दछन् । यहाँ वरिपरि हरियाली छ । बीचमा समथर भूभाग छ । भविष्यमा यस क्षेत्रले थप फड्को मार्ने अध्यक्ष आचार्यको विश्वास छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

दैनिक झण्डै तीन हजार व्यक्तिले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । मासिकरुपमा लाखौँ भेटी उठ्ने गर्छ । सन्धिखर्क-७ खाँचीकोटस्थित सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट दुई विद्यालय सञ्चालनका साथै विकास निर्माणका काम भइरहेका छन् । 

मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क–७ स्थित आदर्श माध्यमिक विद्यालय खाँचीकोट, शीतगङ्गा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ । 

मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा–२ को शान्ति आधारभूत विद्यालयमा  ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको सुपादेउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटोघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उनले जानकारी दिए । 

भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार/चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरको भेटीबाट निजी स्रोतका शिक्षक राखेर विद्यालयको पठनपाठनमा सहयोग पुगेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए ।

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट पर्याप्त आम्दानी लिन सकिन्छ । 

सुपाको पूर्व रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्नसके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने थापाले बताए । 

सुपा देउराली  पर्यटकीय गन्तव्य बनिसकेको छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ११ : १५ बजे

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौं– स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली

ओटीटीमा ‘चपली हाइट ३’

काठमाडौं– नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई

अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म

काठमाडौं– बुधबार राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको

सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो

  काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन