बाढी पहिरोबाट विस्थापितलाई राहत « Khabarhub

बाढी पहिरोबाट विस्थापितलाई राहत


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई राहत वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए । 

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत विमल पौडेलले जानकारी दिए। 

परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी भएकालाई रु २० हजार वितरण गरिएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा चार परिवारलाई ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई एक लाख ४० हजार तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई रु ३० हजार वितरण गरिएको छ । 

विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । 

बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण जिल्लाका आठ हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ०० बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ