बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्नुपर्छ : सांसद केसी « Khabarhub

बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्नुपर्छ : सांसद केसी


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेतृत्वले निर्णय गर्दा आफू र पार्टी निकट वा बिचौलियालाई ध्यानमा राखेर गर्ने हो भने विकास सम्भव नहुने बताए ।

उनले मुलुकको विद्यमान चुनौतीको सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे । उनले मुलुक भ्रष्टाचारको जालोमा जकडिएकाले यसलाई वास्तविकरुपमा सामना गर्न सक्नुपर्नेमा जोड दिँदै चर्चित भ्रष्टाचार काण्डमाथि सर्वोच्च अदालतका न्यायाधीशस्तरको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरे ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ३१ बजे

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा

काठमाडौं– राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका

कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेविस्थित नयाँ कार्यालयबाट काम गर्ने

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेविस्थित

संस्थापनले एकताको प्रयास नगर्दा १५ औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण : मीनबहादुर विश्वकर्मा

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षले