वर्किङ भिसामा युरोप पठाइदिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने चौधरी पक्राउ « Khabarhub

वर्किङ भिसामा युरोप पठाइदिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने चौधरी पक्राउ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– आकर्षक तलब पाउने गरी कामदार (वर्किङ) भिसामा युरोप पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका(४ देवौली घर भइ काठमाडौंको धापासी बस्ने ३१ वर्षीय नबिन कुमार चौधरी छन् ।

चौधरीले वर्किङ भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ५१ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेका प्रहरीले जनाएको छ ।

उनले युरोप पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई काठमाडौंबाट भारत पु¥याएर अलपत्र पारेका थिए ।

चौधरीबाट ठगिएका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : २६ बजे

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको