सडक कालोपत्र र स्तरोन्नति गर्न ७३ करोड बजेट विनियोजन | Khabarhub Khabarhub

सडक कालोपत्र र स्तरोन्नति गर्न ७३ करोड बजेट विनियोजन


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०–०८१ मा म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा आगामी आवमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक पुलसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका हुन् ।

ती सबै आयोजनाका लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक योजना पुस्तिकामा उल्लेख छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडक आयोजनामा विनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नतिमा लगानी गरिने बताए ।

क्रमागतरुपमा सञ्चालनमा रहेका बेनी–दरवाङ सडकलाई चार करोड, गलेश्वर–पिप्ले–भगवतीलाई तीन करोड, ठेक्का प्रक्रियामा रहेका अदिभारा र अर्जेखोला सडक पुललाई समानएक करोड ५० लाख, दरवाङ–दाङखोला–धारापानी–ताकम सडकलाई एक करोड, दाङखोला सडक पुललाई ७५ लाख, अर्कला मोटरेबल पुललाई ३० लाख र छ्यारछ्यारे सडक पुललाई ६० लाख बजेट विनियोजन भएको छ ।

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकलाई पाँच करोड, दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिलाई पाँच करोड, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि चार करोड, बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई चार करोड बजेट विनियोजन भएको छ । यी आयोजनाको डिपिआर बनाएर बहुवर्षे ठेक्का लगाइने भएको छ ।

दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बागलुङ, लुलाङ–गुर्जा सडक र पखेर–बरङ्जा–बुकेनी–धापुङ सडकलाई दुई–दुई करोड विनियोजन भएको छ ।

एक करोडका दरले बजेट विनियोजन भएका सडकमा बिम–मराङ–मल्कवाङ–कुहिने–ठाडाखानी–पाखापानी, रघुगङ्गा गाउँपाकिलाको केन्द्र मौवाफाँटदेखि फूलबारी–मतारे–अक्षेत–सिजलगाउँ–धुपीचौरा हुँदै रुइसे सडक स्तरोन्नति, अन्नपूर्ण गाउँपालिकाको महभिर–दोसल्ले–काफलडाँडा नागी सडक, मङ्गलाको पोक–पिपलबोट–छिस्वाङ–छ्यारछ्यारे सडक, दर्वाङ–देवीस्थान, दरवाङ–देवीस्थान–ताकम सडक रहेका छन् ।

एक–एक करोड बराबरको ठेक्का आह्वान भइसकेको सिङ्गा सिस्नेरी–डाडाखेत–पुलाचौर–गान्धे–जगन्नाथ हुँदै ढोलथान र पोक–नेटा–अर्मन–किमचौर–देउराली सडकलाई ५०–५० लाख विनियोजन भएको छ ।

५० लाखका दरले बजेट बिनियोजन भएका अन्य सडकमा डल्लेपिपल–राहुवडा–फोहटे–जामुनाखर्क, भगवती अधेरीखोला–खहरेखोला सडक स्तरोन्नति, घारखोला–पाउदुर–किन्दु–स्वाँता, मालिकाको घाङ्लेपानी–दुर्लेक, कल्लेनी–मराङ–राम्चे सडक आयोजना रहेका म्याग्दी क्षेत्र (क) बाट निर्वाचित प्रदेश सांसद हरि भण्डारीले बताए ।

बेनपा–९ को कानेखोर तिनमाने–हटिया–पुलाश्रम, बेनी–ठुलोखबरा–अर्जम, खबरा–अर्जम मोटरबाटो, मौवाफाँट–घट्टेखोला–माछेखोला–दुलेपानी, रघुगङ्गाको रिजाल कुलमन्दिरदेखि हुमेनटोल–डढेकोट– सिजलगाउँ, बेनपा–१ को पिपलडाडाँ–दमाह–चौतारो मोटरबाटो स्तरोन्नति, बेनपा ६ र ५ को देउराली–भराले–पुत्लेढुङ्गा–पुला–भिरमुनि हुँदै कुहुँ सडक, अन्नपूर्ण–६ को पोखरेबगर–बैसरी सडक स्तरोन्नतिका लागि ३०–३० लाखका दरले बजेट विनियोजन भएको छ ।

यस्तै, मङ्गला–२ को हिदी र मालिका–६ को दुखु सडक स्तरोन्नतिका लागि रु ८० लाख, मालिका–४ को चिउरीबोट–सिस्नेरी सडक र बेनपा–९ गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी बाटो स्तरोन्नतिमा ४०–४० लाख तथा मालिका–६ दरवाङको जनप्रिय माविदेखि उपल्लो दरवाङ सडक स्तरोन्नतिका लागि ६५ लाख बिनियोजन भएको छ ।

बेनपा–६ को अवैचौरको घुम्तीदेखि नेपाने राममन्दिर सडक स्तरोन्नति, अन्नपूर्णको घारखोला–नेपाने–किन्दु सडक स्तरोन्नति, गलेश्वर मन्दिरदेखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार जोड्ने सडक, मालिका–५ को पन्थोक सडक स्तरोन्नति, मङ्गलाको कुहुँ सडक स्तरोन्नतका लागि ३०–३० लाख छुट्याइएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ३५ बजे

भृकुटीमण्डपमा विराट महायज्ञ र विज्ञान सम्मेलन

काठमाडौं– विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी

बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या  

दमौली– तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

रामपुर – जिल्लाको पर्यटन विकासका लागि शुक्रबार साइकलयात्रा सुरु भएको

काठमाडौंमा यसरी समापन गरियो छठ (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको गुहयेश्वरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा

नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र