बाढीले खानेपानी आयोजना बगाउँदा तीन करोड बराबरको क्षति « Khabarhub

बाढीले खानेपानी आयोजना बगाउँदा तीन करोड बराबरको क्षति


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा तीन करोड बराबरको क्षति भएको छ । 

खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पुर्‍याउँदा तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए । 

आयोजना निर्माण स्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ । प्रमुख सिंहले भने, ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ, आयोजना बगाउँदा स्थानीय पिउने पानीबाट वञ्चित भएको अवस्था छ, यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।’

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहले जानकारी दिए । 

‘स्थलगत रुपमा हेर्दा आयोजनाको बेहाल अवस्था छ’, उनले भने, ‘अर्को आर्थिक वर्षको सुरुमा हस्तान्तरण गर्ने लक्ष्य थियो, हस्तान्तरणको अन्तिम अवस्थामा बाढीले क्षति पुगेको छ, पुनः सञ्चालनका लागि मन्त्रालयलाई आवश्यक जानकारी गराएको छु ।’

आर्थिक वर्ष २०७५-७६ बाट यो योजनाको निर्माण थालिएको हो । कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा निर्माण भइरहेको छ । यही असार २ गते राति आएको बाढीले आयोजनास्थलमा क्षति पुर्‍याएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् । 

तीन  सय ८६  घरपरिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घरपरिवारले पानी खाँदै आएका थिए । दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयवासीलाई पानीको समस्या थपिएको उनको भनाइ छ । ‘बाढीले आयोजना बगाएपछि समस्या परेको छौँ’, अध्यक्ष त्रितालले भने, ‘बस्तीमा पानीको हाहाकार भएको छ, आयोजना स्थल बगर बनेको छ, राज्यले यसलाई चाँडो निर्माणमा ध्यान दिन आवश्यक छ ।’

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको