पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम | Khabarhub Khabarhub

पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पाँचदिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ । 

विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा एकआपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लामा हुने बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्पका समयमा जनधनको क्षतिको न्यूनीकरण एवं राहत र उद्धारका कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायलाई समन्वयात्मक ढंगबाट परिचालन लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए ।

पाँचदिने अभ्यासका क्रममा सरोकारवाला निकायलाई अभ्याससम्बन्धी जानकारी दिनुका साथै सरोकारवाला निकायका काम कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा प्रस्तुतीकरण गरिएको थियो । 

विपद्को काल्पनिक परिस्थितिको परिकल्पनाका आधारमा सहभागीहरुबीच समूहगत विभाजन गरी उक्त परिस्थितिमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको सेनानी थापा मगरले बताए ।

अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विराटनगर महानगरपालिका, कटहरी र धनपालथान गाउँपालिकाले विपद् एवं राहत तथा उद्धार सम्बन्धी प्रदर्शन गरेका थिए ।

समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस प्रकारको कार्यक्रमले क्षमता विकास भई विपद्को समयमा उद्धारमा सहयोग पुग्ने बताए ।

सेनाका थलहाका गणपति प्रमुख सेनानी थापा मगरले विपद्को समयमा छिटोछरितो किसिमले उद्धार गरी जनधनको क्षति न्यूनीकरण अभ्यासले सहयोग पुग्ने विचार राखे ।

कार्यक्रममा बाढीपहिरो आएको अवस्थामा गरिने उद्धारको पूर्व अभ्यास तथा उद्धारका लागि प्रयोग गरिने सामग्रीको प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : ५५ बजे

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय