किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भुसाल « Khabarhub

किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भुसाल


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन् । नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अङ्क ‘डेरी दर्पण’ को आज विमोचन गर्दै नेपाललाई दुग्ध क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने , “दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको छ र आगामी दिनमा पनि साथ रहने कुरा प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” मन्त्री भुसालले कृषि क्षेत्र र कृषकले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने बताए । कृषकले भोग्दै आएको बीउ, मल र बजार भाउको जतिसक्दो चाँडो समाधान गर्ने उनको भनाइ थियो । सङ्घले मोही, दूध तथा दुग्ध पदार्थसहित दहीचिउरा खुवाउने कार्यक्रमसमेत गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत वस्तुगत सङ्घका उपाध्यक्ष एवं कार्यकारिणी सदस्यहरुलाई क्रमशः सम्मान गर्ने क्रममा उपाध्यक्ष हेमराज ढकाल, कार्यकारिणी सदस्यहरुमा अरनिको राजभण्डारी, भक्त हमाल, हरिबहादुर कार्की, कमला श्रेष्ठ र लिलेन्द्रप्रसाद प्रधानलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ०५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको