ग्रिसमा कन्जरभेटिभ पार्टी विजयी « Khabarhub

ग्रिसमा कन्जरभेटिभ पार्टी विजयी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रिसको संसदीय निर्वाचनमा कन्जरभेटिभ न्यू डेमोक्रेसी पार्टीले जित हासिल गरेको छ । 

आइतबार देशभरका झण्डै ९० प्रतिशत मतदान केन्द्रको आधिकारिक नतिजाले सुधारवादी किरियाकोस मित्सोटाकिसको पार्टीले न्यू डेमोक्रेसी पार्टीले ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाएको छ ।

उनको प्रमुख प्रतिद्वन्द्वी वामपन्थी सिरिजा पार्टीले १८ प्रतिशतभन्दा कम मत प्राप्त गरेको छ।

जितपछि मित्सोटाकिसले बलियो जनादेशको स्वागत गरेका छन् । उनले सम्बोधनमा जनताले सुरक्षित बहुमत दिएको बताए । ठूला सुधारका लागि अब छिटो अघि बढ्ने उनले प्रतिबद्धतासमेत जनाएका छन् ।

न्यू डेमोक्रेसीले संसदको ३०० सिटमध्ये १५७ वा १५८ सिट जित्ने अनुमान गरिएको थियो। मे महिनामा भएको पछिल्लो निर्वाचन समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत भएको थियो, जसमा पार्टीले ४१ प्रतिशत मत ल्याए पनि बहुमतबाट पाँच सिट घटेको थियो। 

ग्रीसमा पाँच हप्तामा दोस्रो पटक हिजो आम निर्वाचन भएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ७ : ३४ बजे

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी